४ प्रदेश सरकारले अझैं नाम र राजधानी टुङ्गो लगाउन सकेन

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । प्रदेश सरकार गठन भएको दुईवर्ष पुग्न लागेपनि ४ वटा प्रदेशले अझंै नाम र राजधानी टुंगो लागाउन सकेका छैनन् ।
प्रदेश १ ले स्थायी राजधानी विराटनर बनाउने सहमति गरेपनि नामको विषयमा टुंगो लगाउन सकेको छैन ।

प्रदेश २, ३ र ५ मा नाम र राजधानीका विषयमा विवाद छ । हिमाल, पहाड र तराईको भूगोलमा फैलिएको प्रदेश १ मा सरगमाथा, कोशी, लिम्बुवान भन्नेमा छलफल चलिरहेको छ । वर्षे अधिवेशन अन्त्य भइसकेकाले नाम तोक्ने विषय पर धकेलिएको छ ।

प्रदेश २ मा पनि राजधानी र नामका विषयमा विवाद नै छ । मधेस, मिथिला, भोजपुराजस्ता नाम चर्चामा छन् । सत्ता गठबन्धन समाजवादी पार्टी र राजपा मधेस प्रदेश राख्ने पक्षमा छन् भने विपक्षी नेकपा र कांग्रेस मिथिलाको लविङमा छन् ।

राजधानी जनकपुर र वीरगञ्जका विषयमा विवाद छ । जनकपुर र वीरगञ्जबाहेक अन्य शहरमा राजधानी हुने कुनै पूर्वाधार नभएकाले जनकपुर नै राख्ने सम्भावना बढी रहेको मुख्यमन्त्री लालबाबु राउतको भनाइ छ । नाम र राजधानी टुंगो लगाउन समिति गठन भइसकेकाले अब त्यसकै आधारमा अघि बढ्ने मन्त्री राउतले बताउनुभयो ।

प्रदेशको नाम र राजधानीबारे प्रदेश ३ मा पनि धेरै विवाद छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौडा कायम रहने संकेत गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले काभे्रलाई पनि आफुले राजधानीका रुपमा नै हेरेकाले आफु त्यो ठाउँमा राजधानी राख्ने पक्षमा भने नरहेको बताउनुभयो ।
नामका विषयमा बागमती, नारायणी, गौरशंकर बढी चर्चामा छन् ।

प्रदेश ५ मा नाम र राजधानीको विषय पेचिलो बन्दै गएपछि अझै सहमति भएको छैन । नामका हिसावले गौतम बुद्ध र लुम्बीनी बढी चर्चामा छ भने राजधानी दाङ या बुटवल भन्नेमा विवाद कायम नै छ । नाम र राजधानी टुङगो लगाएका प्रदेश सरकारहरुले पनि कामलाई गति दिन सकेका छैनन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu