प्रधानमन्त्री ओलीले बोलाए पूर्व ६ प्रधानमन्त्रीलाई, यस्ता छन् छलफलका विषय

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ पूर्वप्रधानमन्त्रीलाई छलफलको लागि बोलाउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै ओलीले छलफलको लागि पूर्वप्रधानमन्त्रीलाई बोलाउनुभएको हो ।

चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्य एजेण्डामा छलफल गर्न अलिेकेहिबेरमा बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै प्रधानमन्त्रीले छलफल गर्न लागिएको हो ।

छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu