दसैँको टीका जमरा लगाउने क्रम आज पनि जारी, उपत्यका बाहिर गएकाहरु काठमाडौँ फर्कन सुरु

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । बडादशैंअन्तर्गत टिकाको तेस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले आजपनि बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन् ।

बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।

यसैबीच फुलपातिदेखि करिब सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बाक्लिएको छ । बडादसैँको टिका लगाएपछि सर्वसाधारण मान्यजनकोमा टिका र आशिर्वाद लिन जान ओहोर दोहर गर्न थालेपछि सडकमा चहलपहल बढेको हो ।

यसैबीच दसैँ मनाउन गाउँ फर्केकाहरु कर्मथलो काठमाडौँ फकर्न सुरु भएको छ । विभिन्न जिल्लाबाट काठमाडौँ आउने सवारीका साधनमा यात्रुहरुको भीड बढेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu