बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

चितवनमा बस दु-र्घ-ट-ना: ३८ जना घाइते, एकको अवस्था गम्भीर


  • स्वदेश नेपाल
  • बुध, अशोज २२, २०७६

चितवन । चितवनमा बस दु-र्घ-ट-ना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राति काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा साढे बाह्र बजे दु-र्घ-ट-ना- हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दु-र्घ-ट-ना- भएको हो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

दु-र्घ-ट-ना-मा- चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५/४६ जना रहेको बताइएकाे छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट