बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

निर्यात बढेसँगै मुलुकको व्यापार घाटा घट्यो


  • स्वदेश नेपाल
  • आइत, अशोज १९, २०७६

काठमाडौं । निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पछिल्लो दुई महिनामा ३ प्रतिशतले घटेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ । यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ०७५÷७६ को दुई महिनामा नेपालले १४ अर्ब ६९ करोड ९० लाख २० हजार बराबरको वस्तु निर्यात गरेको थियो । चालु आर्थिक वर्ष ०७६÷७७ को दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो अवधिको तुलानामा २५.८७ प्रतिशतले बढी हो । यस्तै आयात भने १.२२ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजारको आयात गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा आयात २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार मात्रै छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो वर्षको तुलनामासमग्र व्यापारको आकार भने ०.३९ प्रतिशतले बृद्धि देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट