त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान-अवतरण नियमित ‘अवतरणमा कुनै समस्या छैन’

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिक तथा बाह्य उडानका लागि चाहिने भिजिबिलिटी रहेकोले बुधबार बिहान मौसमका कारण उडान तथा अवतरणमा कुनै समस्या नरहेको विमानस्थलले जनाएको छ ।

मंगलबार अपराहन्न मौसम प्रतिकूल बनेका कारण केही घण्टा उडान तथा अवतरण प्रभावित भएको थियो । तर बुधबार त्यस्तो कुनै समस्या नरहेको जनाइएको छ ।

मौसम बुधबार दिनभर नै बदलीकै अवस्थामा रहने भए पनि विमान उडान तथा अवतरण नै प्रभावित हुने गरी मौसम प्रतिकूल बन्ने सम्भावना कम रहेको मौसमविदको भनाई छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu