यो वर्षको दशैमा १३ अर्ब माथि नयाँ नोट वितरण गरिने, असोज १० देखि सबै बैंकमा उपलब्ध

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसवर्षको दसैं र तिहारका लागि असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि नै नयाँ नोट उपलब्ध गराउने तयारी गरिएको छ । बंैक तथा वित्तीय संस्थालाई एक साता अगाडी नै नयाँ नोट दिएपनि सर्वसाधारणका लागि नयाँ नोटको वितरण भने असोज १० देखि नै गरिने तयारी गरिएको छ ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो।

यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो । असोज १० देखि नयाँ नोट साट्नका लागि लाइनमा बस्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu