पाँचखालमा अलपत्र परेका हवाई यात्रुलाई स्थानीयले खुवाए खाना

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार

काभ्रे – माैसम खराबीका कारण काभ्रेकाे पाँचखालमा आकस्मिक अवतरण गराइएकाे ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् ।

लुक्लाबाट काठमाण्डाै आएकाे मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेकाे पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेकाे थियाे ।

धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका-२ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानकाे व्यवस्था गरेकाे वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेकाे छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएकाे छ ।

मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डाै पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu