आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

संविधान दिवसमा सरकारी अस्पतालका ओपिडी सेवा नि:शुल्क


  • स्वदेश नेपाल
  • मङ्ल, भदौ ३१, २०७६

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसरमा असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क गर्ने भएको छ।

संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाषपूर्वक मनाउने सरकारको योजनाअनुसार देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो।

जसअनुसार आगामी २ असोजका दिन संघअन्तर्गत अस्पताल, प्रदेशस्तरका अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै स्वास्थ्य संस्थाले लिने ओपिडी शुल्क नलिनसमेत मन्त्रालयले निर्देशन दिइसकेको छ।

संविधान दिवसको अवसरमा सरकारले यसअघि यस्ता छुट भने दिएको थिएन।

प्रतिक्रिया
ताजा अपडेट