तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ।

हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले प्रयोग गर्दा तपाईको कम्प्युटरको इन्टरनेट ब्राउजर भने गुगल क्रोम नै हुनु अनिवार्य छ ।

स्टेप : १–गुगल क्रोम ओपन गरिसकेपश्चात दाहिने कुनामा एक स्क्रोल आउँछ । त्यो क्लिक गरेपछि setting सेटिङमा जानुहोस् । स्टेप : २ –फोटोको देब्रे भागमा देखिएको extention गएर Get More Extention जानुहोस् ।

स्टेप : ३– सर्च अप्सनमा गएर Flatebook सर्च गर्नुहोस् । स्टेप : ४– अब यसलाई क्रोममा Add गर्नुहोस् । यसको अप्सन ब्राउजरको दाहिने कुनामा देखिन्छ ।

स्टेप : ५ – अब यो गुगल क्रोम ब्राउजरमा एड भयो । स्टेप : ६ –अब फेसबुक रिफ्रेस गर्नुहोस् या लगआउट गरेर फेरी खोल्नुहोस् । अब तपाइको फेसबुकमा नयाँ थिम देखा पर्छ ।

स्टेप : ७ – अब तपाई देब्रेपट्टी चश्मा आकारको प्रोफाइल भिजिटर टुल्स देख्नुहुनेछ । क्लिक गरेर आफ्नो प्रोफाइल कसले हेर्यो थाहा पाउन सक्नुहुनेछ ।

नोट : तपाईले यो अप्सनमा जाँदा फेसबुकको थिम अप्ठ्यारो लाग्यो भने भने ब्राउजरको देब्रेसाइटमा एउटा रातो बटम छ त्यो बटम   क्लिक  गरेपछि  पुरानै थिम देख्नसक्नुहुनेछ । फेरी प्रयोग गर्न मन लागे बटमलाई क्लिक  गर्नुहोस् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu