‘घामड शेरे’ को फस्टलुक सार्वजनिक, निश्चलको फरक रुप

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । चलचित्र ‘घामड शेरे’को फस्टलुकका साथै दर्शन मिति सार्वजनिक भएको छ । निर्देशक हेमराज बिसी निर्देशन गरेको चलचित्र विषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चले पनि पहिलो पटक निर्माण पक्षले प्रचारप्रसार सामाग्री सार्वजनिक गरेको हो ।

चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहे पनि फस्टलुकमा निश्चललाई मात्र स्थान दिइएको छ । यसै गरी चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउनेछ ।

निश्चल चलचित्रको शीर्ष भूमिकामा छन् भने स्वस्तिमाले उनको श्रीमतीको भूमिका निभाएकी छिन् । रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको बताइएको यस चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा सुष्मा निरौला, लोकेन्द्र लेखक, गौरी मल्ललगायतको पनि अभिनय रहेको छ ।

अब ‘घामड शेरे’ चलचित्र ‘पोइ पर्‍यो कालेसँग यो चलचित्र जुध्ने पक्का भएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu