आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

नेकपा त्यागेर ५ सय ५० भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश


  • स्वदेश नेपाल
  • मङ्ल, भदौ ३१, २०७६

अर्घाखाँची । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीमा भएको कार्यक्रममा ५ सय ५० भन्दा बढी नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसले देशभर सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णु खनाल ‘मुस्कान’ का अनुसार नेकपाका स्थानीय नेता तथा वडा अध्यक्ष पदका उम्मेदवार नुरमहमद अलि, वडा सदस्य पदका उम्मेदवार मधु पन्तसहित ५ सय ५० जना भन्दा बढीलाई कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई सभापति खनालसहित पूर्वमन्त्री रेवतीप्रसाद भुषाल, चन्द्रबहादुर केसी, पूर्व जिल्ला सभापति कमल भुसाल लगायतले सोमबार स्वागत सहित पार्टी प्रवेश गराएका हुन् । यसअघि पाणिनीको धातिवाङ्गमा पनि दुई दर्जन नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट