आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

‘मन छोडी’ मा आकाश र सृष्टि (भिडियोसहित)


  • स्वदेश नेपाल
  • मङ्ल, भदौ ३१, २०७६

काठमाडौं । केदार बरुवाल छेत्रीको स्वर रहेको गीत ‘मन छोडी’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द रचनामा कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगारको पिडालाई प्रस्तुत गरिएको गीतमा आफ्नो मायालुलाई छोडेर परदेशिनुको पिडा कस्तो हुन्छ देखाइएको छ ।

खुसी खोज्न विदेश जाँदा आफ्नो मन मायालुको साथमा छोडेर हिँड्नु अनि हरेक पल तड्पिँदा कति गाह्रो हुन्छ भन्ने भाव गीतमा देखाइएको छ ।

सपना पुरा गर्न सम्पूर्ण आफ्नो भन्ने चिज छोडेर टाढा हुनुपर्ने नेपालीको बाध्यतालाई गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्का फिचर्ड छन् भने निकै भावनात्मक भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट