राजेश पायल राईको घरमा आगलागी, सम्मान र अवार्ड भयो सबै खरानी

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं ।  गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आगलागी भएको छ ।

आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ ।

आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् । उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ ।

उनको कोठामा रहेका सामानहरु छताछुल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु खरानी भएका छन् । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु जलेर कालो भएका छन् ।

आगलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए ।

आगलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आगलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आगलागी थाहा नभएको बताए । आगलागी तल्लो तलामा भएको थियो ।

 

 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu