संसद बैठक आजपनि बस्दै

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपनि राष्ट्रिय सभा बैठक भने संचालन गर्न दिने भएको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपाका एक संसादले बाँकेमा भएको घटनामा आरोपित व्यक्ति दोषी नभएको दावी गरेपछि काँग्रेसले बैठक अवरोध गरेको थियो ।

निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिएको भन्दै नेकपाका सांसदले आरोपितको पक्ष लिएपछि काँग्रेसले अपराधीलाई सत्तापक्षले संरक्षण गरेको भन्दै संसद अवरुद्ध गरेको हो ।

प्रतिनिधि सभाका अवरोध भएपनि राष्ट्रिय सभामा भने अवरोध नगरिने काँग्रेस सांसद बद्री पाण्डेले जानकारी दिनुभयो ।

आज अपरान्ह ३ बजेपछि बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधि सभाबाट सन्देश सहित पुनर्विचारका लागि प्राप्त “राहदानी विधेयक, २०७५” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu