सोम, चैत्र १७, २०७६
Mon, March 30, 2020

प्रदेश नम्बर २ ले महिला हिंसा बढ्दै गएको भन्दै ‘सुरक्षित बेटी’ कार्यक्रम सञ्चालन गर्दै


  • स्वदेश नेपाल
  • सोम, भदौ ३०, २०७६

काठमाडौं । प्रदेश नम्बर २ ले महिला हिंसा बढ्दै गएको भन्दै ‘सुरक्षित बेटी’ अभियान ल्याउने तयारी गरेको छ । लैङ्गिक विभेद अन्त्य गर्न प्रदेश २ सरकारले यो अभियान ल्याउन लागेको हो ।

सबैभन्दा बढी प्रदेश २ मा लैङ्गिक विभेदका कारण महिलाहरु हिंसामा पर्ने गरेको भन्दै सुरक्षित बेटी अभियान ल्याउन लागेको प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो ।

मुलुकभर लैङ्गिक विभेदका कारण महिलाहरुमाथि हिंसा हुने गरेको भन्दै यसलाई अन्त्य गर्दै सभ्य समाजको निर्माणका लागि अभियानले सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट