सदन र सडक दुवै ठाँउबाट महिलाले हकहितका लागि साझा आवाज उठाउनुपर्ने

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार

काठमाडौं । प्रमुख दलका महिला नेताहरुले महिलाका सवालमा पार्टी भन्दा माथि उठेर सहकार्य गर्न जरुरी रहेकोमा जोड दिएका छन्।

साझा पार्टी प्रदेश नम्बर ३ ले आयोजना गरेको राजनीतिमा महिला बिषयक अन्तरक्रियामा बोल्दै नेत्रीहरुले सदन र सडक दुवै ठाँउबाट महिलाले हकहितका लागि साझा आवाज उठाउनुपर्नेमा जोड दिए।

नेकपाका नेत्री सशी श्रेष्ठले महिला नेताहरुनै राजनीतिक हिंसाको मारमा परेको उल्लेख गरिन्। राज्य व्यवस्था समितिकी सभापति समेत रहेकी नेता श्रेष्ठले महिलालाई नेताको रुपमा समाजले अझै स्वीकार गर्न नसकेकोमा चिन्ता ब्यक्त गरिन्।

कांग्रेस सचेतक पुष्पा भुसालले क्षमताको आधारमा महिलालाई कार्यभार प्रदान नगरिने भन्दै जिम्मेवारी दिएको खण्डमा महिलाहरुले धेरै राम्रो काम गरेर उदाहरण प्रस्तुत गरेको बताइन्।

यसैगरी मानव अधिकारकर्मी डाक्टर रेनु अधिकारीले पितृ सत्तात्मक सोचमा परिर्वतन नआए सम्म, महिलालाई हेर्न दृष्टीकोणमा परिर्वतन नआए सम्म कुनै पनि क्षेत्रमा महिलालाई काम गर्न सजिलो नहुने संघर्ष गरेरै अघि बढ्नु पर्ने उल्लेख गरिन्।

प्रदेश ३ कि संयोजक समिक्षा बास्कोटाले सहजीकरण गरेको अन्तरक्रियामा प्रदेश सांसद शोभा शाक्य, काठमांडु अध्यक्ष अनुपा श्रेष्ठ, अगुवा बिनिषा श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए।

सोही अवसरमा महिलाहरुले पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने प्रतियोगितामा प्रथम हुने धनगढीकी चम्पा चौधरी, दोस्रो हुने सितापाइलाकी सन्जु राना र तृतीय हुने पनौतिकी गायत्री माहाजुलाई पुरस्कार प्रधान गरिएको थियो।

यसैबीच महिलाहरुले उत्पादन गरेका विभिन्न नेपाली समाग्रीहरुको स्टलको प्रदर्शनी गरिएको थियो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu