शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

आज शनिबार शनिदेवको दर्शन गर्दै भदौ २८ गतेको राशिफल हेर्नुहोस


  • स्वदेश नेपाल
  • शनि, भदौ २८, २०७६

आज श्री शाके १९४१ बि.स.२०७६ साल भदौ २८ गते शनिबार इश्वी सन २०१९ सेप्टेम्बर १४ तारीख भाद्र शुक्लपक्ष पूर्णिमा तिथी ८ः४१ बजे सम्म पश्चात आश्विन कृष्ण पक्ष प्रतिपदा तिथी पूर्वभाद्रपदा नक्षत्र शूल योग बालव करण चन्द्रमा कुम्भ राशिमा १६ः०८ बजे सम्म पश्चात मीन राशिमा आनन्दादि योगमा काल योग परिधावीनाम संवत्सर सुर्य दक्षिणायन बर्षा ऋतु येँ पुन्ही, वंगया–मंगया, काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान, भक्तपुरको सिद्धपोखरीमा मेला, सोह्रश्राद्ध सुरु, प्रतिपदा श्राद्ध, प्राणनाथ–छत्रशाल मिलाप–दिवस, चेपाङहरूको चोनाम पर्व – ज्यो.प. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ कार्यको थालनिका निम्ती मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । तात्कालिक यात्राको योग रहेकोछ । यात्रामा उत्पन्न समस्याका कारण कामकाजको क्षेत्रमा समस्या उत्पन्न हुन सक्नेछ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । संचित रकम खर्च हुन सक्नेछ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नेछ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । साजेदारी कार्यको क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कार्यका क्षेत्रमा आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । धार्मिक क्षेत्रमा सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट