१ लाख घुससहित न्यायाधीशका ड्राइभर होटलबाट प&क्राउ

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार

सिरहा : जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित प&क्राउ परेक छन्। सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार प&क्राउ गरेको हो।

पक्राउ परेका यादव इजलास-३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन्। आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा प&क्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu