‘म नेयमार फर्कियोस् भन्ने चहान्छु, नेयमार बिश्वको एक उत्कृष्ट खेलाडी हुन् ’ – मेस्सी

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नेयमारलाई फर्काउनका लागि बार्सिलोनाले सम्भावित प्रयास गर्नेबारे आफुलाई थाहा नभएको बताएका छन् । नेयमारले बार्सिलोना छोडेको दुई वर्ष मात्रा भएको छ , उनी २०१७ मा किर्तिमानी रकम २२२ मिलियन पाउन्डमा बार्सिलोनाबाट कपिएसजीमा अनुबन्धित भएका थिए ।

लियोनल मेस्सीले एक अन्तवार्तामा बोल्दै बार्सिलोनाले नेयमारलाई फर्काउनका लागि सम्भावित प्रयास गर्नेबारे आफुलाई खासै थाहा नभएको बताएका हुन् । ‘बार्सिलोनाले नेयमारलाई फर्काउनका लागि सक्दो कोसिस गर्नेबारे मलाई केही थाहा छैन । तर पिएसजीलाई मनाउनका लागि सजिलो भने पक्कै छैन ’ मेस्सीले भने ।

‘म नेयमार फर्कुन भन्ने चहान्छु, उनि बिश्वको एक उत्कृष्ट खेलाडी हुन् ’ उनले भने । मेस्सीले बोल्दै लकर रुममा नेयमारलाई फर्काउने विषयमा कहिल्यै पनि छलफल नभएको पनि बताए ।

‘हामिले आफ्नो विचार मात्रा राखेका हौ यसको मतलब यो हैन कि यो सबैको प्रतिनिधित्व मैले गरिरहेको छु ’ उनले भने । नेयमार तिन वर्षको सम्झौतामा पिएसजीमा रहेका छन् । २७ वर्षिय नेयमार घा*इते भएपछि धेरैपछि केही समय यता ब्राजिलको राष्ट्रिय टोलिमा फर्किएका छन् ।

नेयमारले गतसाता भएको कोलम्बिया बि*रुद्धको खेलमा ब्राजिललाई जित दिलाउनका लागि गोल गरेका थिए । भने मंगलबार भएको पेरुबिरुद्धको खेलमा उनि मैदान बाहिर रहेका थिए जहाँ ब्राजिल पेरुसंग पराजित भएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu