अन्‍योलमा रहेको मलेसियाको रोजगारी पक्रिया खुल्ला, अब शून्‍य लागतमै नयाँ कामदार जान पाउने

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार

काठमाडौं-करीब १५ महिनादेखि अन्‍योल रहेको मलेसियाको रोजगारी प्रक्रिया खुल्ला गर्ने सहमति भएको छ। नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा छलफलपछि तत्कालका लागि मलेसियाको रोजगारी खुल्‍ने भएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार सहमतिअनुसार नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो हप्ताबाट सुरु गर्नेछ।

साथै अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेछ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu