विदेश लैजान्छु भन्दै भारत पुर्‍याइएका चेलीको पाँच घण्टामै उद्दार

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाडौं : केही दिनअघि विदेश लैजान्छु भन्दै भारतको मुम्बई पुर्‍याइएकी नेपाली महिलालाई प्राज्ञिक विद्यार्थी परिषदको सक्रियतामा भारतीय प्रहरीले उद्दार गरेको छ।

राष्ट्रिय संगठन सचिव नारायण ढकालका अनुसार ती महिलालाई १० दिनअघि भारतमा पुर्‍याइएको थियो। उनलाई भारतमा विचल्ली बनाएको खबर पाउनासाथ विद्यार्थी परिषदले भारतमा अवस्थित अखिल भारतीय विद्यार्थी परिषदको सहयोग लिएको सचिव ढकालले जानकारी दिए।

उनलाई मुम्बई पुर्‍याउन साथ उनको खोजीमा पुगेका उनका श्रीमानसहित तीनजना भारत पुगेका थिए। साथै भारतीय प्रहरीले अभियुक्तलाई ५ घण्टामा पक्राउ गर्न र ती महिलालाई उद्दार गर्न सफल भएको पनि ढकालले जानकारी दिए।

नेपाली पीडित महिलालाई उद्धार गरी श्रीमानसहित उनी मंगलबार बिहानै काठमाडौं फर्किएसकेको ढकालले जानकारी दिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu