५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन्छ : मन्त्री भट्टराई

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभएको छ ।

काठमाण्डौमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उहाँले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउनु भएको हो ।

नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उहाँले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको पनि जानकारी दिनुभयो । उहाँले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै युरोपेली संघले हवाई सेवाका लागि नेपाललाई कालो सूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने बताउनुभयो । उहाँले युरोपेली संघसँग निरन्तर वार्ताअघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने स्पष्ट पार्नुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu