मुम्बइ पुलिसको प्रियंका चोपडालाई चे#तावनी –‘७ वर्षको जेल सजाय हुन सक्छ’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरलाई धेरै मन पराइएको छ । फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर र जायरा वसीम मुख्य भूमिकामा छन् । फिल्ममा जायरा वसिम (आयशा)लाई निकै गम्भीर रोग भएको देखाइएको छ । ट्रेलरका डाइलग पनि चर्चामा छन् ।

यही बीचमा फिल्मको ट्रेलरलाई लिएर मुम्बइ पुलिसले एक चे*तावनी जारी गरेको छ । महाराष्ट्र पुलिले ट्वीट गर्दै लेखेको छ ‘आइपिसी सेक्सन ३९३ अन्तर्गत ७ वर्षको जेल सजाय र जरिवाना हुन सक्छ ।’ महाराष्ट्र पुलिसले ट्वीटरमा यो सन्देशसँगै शेयर गरेको फोटोमा प्रियंका चोपडाले भनिरहेकी छिन् ‘एकपटक आयशा ठिक होउन् त्यसपछि साथमा बैंक लुट्नेछौं ।’(डिसी नेपालबाट)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu