विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

चितवन । सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।

उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu