कक्षामै विद्यार्थी मुर्छा पर्न थालेपछि पढाई प्रभावित

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

सल्यान । सल्यानमा कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि पढाई प्रभावित भएको छ । जिल्लाको शारदा नगरपालिका ११ मा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाइ प्रभावित भएको हो ।

दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित हुने गरेको विद्यालयले जनाएको छ । नौँ देखि १३ वर्ष सम्मका छात्राहरूमा मुर्छा पर्ने समस्या देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताउनुभयो । छात्रा विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् ।

विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेका बुढाथोकीले बताउनुभयो । विगतका वर्षहरूमा एकदुई जना छात्रामा यस्तो समस्या देखिएको भएपनि जेठ महिनादेखि यो समस्या बढ्दै गएको विद्यालयको भनाइ छ ।

मनोपरामर्शदातालाई ल्याएर परामर्श दिँदा समेत विद्यार्थी मुर्छा पर्ने समस्या नरोकिएको विद्यालय प्रशासनले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu