आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

डेंगु चेकजाँचको लागि अस्पतालमा भिड बढ्यो


  • स्वदेश नेपाल
  • बुध, भदौ २५, २०७६

काठमाडौं । अहिले देशभरी नै डेंगुको संक्रमण फैलिएको छ । यो वर्ष धरानमा पहिलो पटक देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म ६ हजार व्यक्ति संक्रमित भएको तथ्याङ्क छ ।

डेंगुको संक्रमण फैलिएसँगै सामान्य ज्वरोका विरामी पनि डेंगुको आशंकामा अस्पताल पुग्ने क्रम बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै डेंगुको परिक्षण लागि मात्रै दैनिक सात सय भन्दा धेरै विरामी पुग्ने गरेको अस्पतालले जनाएको छ ।

जुनसुकै रोगको विरामी पनि डेंगु परीक्षण गर्न अस्पताल पुग्दा अस्पतालमा बेडको अभाव भएको र विरामीहरुलाई समस्या हुने गरेको अस्पतालले जनाएको छ । विरामीको चाप र बेडको अभावका कारण कतिपय विरामीलाई भुँईमै सुताएर उपचार गरिएको छ ।

गत सोमबार मात्रै अस्पतालमा आएका ४ सय ४७ जना मध्य ३ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो । तर डेंगु लाग्दैमा विरामीको मृत्यु नहुने भएकाले डर भन्दा पनि सावधानी अपनाउनु पर्छ ।

प्रतिक्रिया
ताजा अपडेट