आजको मौसम: पूर्व र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाडौं । आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा हुनेछ ।

देशका पूर्व र मध्य भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा हुनेछ भने देशको पूर्व देखि पश्चिम सम्मकै थोरै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभरी सामान्य देखि पूर्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भू भागका थोरै थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu