संसद बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले ‘लोक सेवा आयोग विधेयक’ प्रस्तुत गर्ने

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाडौं । संसद बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईको बैठकमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसअघि मन्त्री ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

“लोक सेवा आयोग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu