शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

विश्वास गर्नुहुन्छ चीनमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिता गरिन्छ, विजेतालाई यस्तो छ पुरस्कार


  • स्वदेश नेपाल
  • बुध, भदौ २५, २०७६

एजेन्सी । रमाइलोका लागि मानिसहरु विभिन्न खेलहरु आयोजना गर्ने गर्छन् । तर चीनमा हरेक वर्ष खुर्सानी खाने एक अनौठो प्रतियोगिताको आयोजना हुन्छ । चीनको हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ ।

खुर्सानी खाने प्रतियोगिताका विजेताले ३ ग्रामको २४ क्यारेट सुनको सिक्का पाउँछन् । गत वर्षदेखि सुरु भएको यो प्रतियोगिताकामा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्दछ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेका थिए । खुर्सानीले भरिभराउ एक पोखरीमा प्रतियोगिताको आयोजना गरिन्छ । र प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ जुन खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

प्रतिक्रिया
ताजा अपडेट