पशुपति परिसरमा आरती गर्ने बेला राष्ट्र गान अनिबार्य गर्ने सरकारको निर्णय अबज्ञा

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाडौं । पशुपतिनाथ परिसरमा आरती गर्ने बेला राष्ट्र गान अनिबार्य गर्ने सरकारको निर्णय अबज्ञा गरिएको छ।

सरकारको निर्देशनका बावजुद दुई दिनदेखि बन्द गरिएको राष्ट्रगान विना नै मंगलबार बेलुका पनि निर्देशन अवज्ञा गर्दै आरती गरिएको छ।

आरती सेवा सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष डा. बाशुदेव कृष्ण शास्त्रीले विश्वका कुनै पनि देशमा आरतीका बेला राष्ट्रगानको प्रचलन नभएको बताए। ‘हामीले केहीदिन राष्ट्रगान बजाएर आरती सुरु गरेका थियौं, विभिन्न बुद्धिजीबी र संस्कृतिविद् सत्यमोहन जोशीले समेत आरतीका बेला आराधना मात्रै गर्दा राम्रो हुन्छ भन्नुभयो। त्यसैले राष्ट्रगानबिना नै आरती गरेका हौं,’ शास्त्रीले भने।

आर्यघाटमा समेत राष्ट्रगान बजाउनुपर्ने निर्देशन दिएपछि सरकारको सो निर्देशन विवादमा परेको छ। राष्ट्रगान बजाउनुपर्ने भए आफूहरुले आरती नै बन्द गर्ने समितिले चेतावनी दिएको थियो।

तर पशुपति क्षेत्र विकास कोषले भने आरती एकतर्फी रुपमा बन्द गर्न नहुने भन्दै सरकारले दिएको निर्देशन मान्नुपर्ने जनाएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu