संस्कृतिविद् सत्यमोहन जोशी अब सिक्कामा पनि

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

ललितपुर : नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गरेका हुन्।

पाली संस्कृतिमा महाविद्यावारिधिको उपाधिसमेत प्राप्त गरेका उनले विभिन्न नेपाली नोटहरूमा अंकित चित्रको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरूप नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पारे।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu