नेकपा नेता गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि भएको छ। सोमबार ज्वरो आएपछि गौतमले टेकु अस्पताल परीक्षण गराएका थिए। परीक्षण रिपोर्टमा गौतमलाई डेंगुको संक्रमण नरहेको पाइएको हो।

उनलाई शनिबार ज्वरो आएपछि चिकित्सकहरूले डेंगुको आशंका गरेका थिए। नेता गौतमका छोरा हरिश गौतमलेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सामान्य रुघाखोकीका कारण घरमै आरामै गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल र समाचारमा आएजस्तो नेता गौतम डेंगुबाट संक्रमित नभएको जानकारी गराएका छन्।

अहिले देशभर डंगुले महामरीको रूप लिएको छ। अहिले ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको सरकारी तथ्यांकले देखाएको छ। कृषिमन्त्री चक्रपाणि खनाललाई समेत डेंगु देखिएको थियो भने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई पनि डेंगुको संक्रमण देखिएको छ। मन्त्री खनालको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो। उनी अहिले उपचार गराएर घर फर्किसकेका छन् भने डा रुइतको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu