देशभरिको मौसम हाल आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

काठमाडौँ । देशभरिको मौसम हाल आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिम र पूर्वको तराईका थौरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिनभरजसो देशभरि नै सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले जनाएका छन् । धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मध्य र पूर्वका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति पनि देशभरिकै मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । देशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu