सञ्जिब ठकुरीको ‘इशारामा चल्छ दुनिया’ (भिडियोसहित)

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

काठमाडौं । मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीत बिमोचन कार्यक्रम गरि भिडियो सार्बजनिक गरिएको छ । यो गीतमा सञ्जिब ठकुरी आफैले स्वर दिएका छन् । सानोमा गीत गाउने सपना भए पनि मोडलिङ तिर काम गर्दै थिए तर गीत गाउने र गायक बन्ने सपना पनि पुरा भएको उनले बताए ।

जडीबुटी स्थित सैलुङ्ग रोधिमा भएको गीत बिमोचन कार्यक्रममा निर्देशक तथा सम्पादक क्रान्ति केसी लगायत धेरै जना कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । बिमोचन कार्यक्रममा अडियो निर्माण पक्ष र भिडियो निर्माण पक्षलाइ मायाको चिनो समेत बितरण गरिएको थियो ।

सञ्जिब ठकुरीको स्वर अनि रोशन सिङ्गको शब्द, संगीत रहेको गीतलाई बिशाल निरौलाको सगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन ,अजय रेग्मीको छायांकन र क्रान्ति केसीको सम्पादन रहेको छ ।

भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोका लगायतको अभिनय हेर्न पाईन्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu