११ बर्षीया बालिकाको दोहोरीले राजु परियार तीनछक , पर्‍यो कडा जुहारी (भिडियो सहित)

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

यतिबेला सामाजिक सञ्जालदेखि युट्युवसम्ममा एक ११ बर्षीया बालिका कमला घिमिरे निकै भाईरल बनिरहेकीछिन् । कलिलो उमेरमा कसैले सोच्नै नसक्ने गरी कडा दोहोरी गाउँन खप्पिस कमलाको चर्चा यतिबेला देशभर भईरहेको छ।

धादिङकी कमलाको अद्भुत क्षमताले यतिबेला उनले लाखौँ प्रशंसकहरु बटुल्न सफल भएकीछिन् ।उनको व्यापक चर्चाकै कारण हालै उनले चर्चित कार्यक्रम इन्द्रेणीमा सहभागि भएकीछिन् ।

जुन कार्यक्रममा चर्चित गायक राजु परियारसंग कमलाले दोहोरी गाएकीछिन् । राजु परियारसंग कमलाको घम्साघम्सी निकै रोचक रह्यो ।

लोक तथा दोहोरोको क्षेत्रमा अब्बल र माहिर मानिएका राजुलाई कमलाले आफनो दोहोरीबाट हायलकायल नै बनाएकीछिन् । जहाँ राजु र कमलाबीच जोडकातोड दोहोरी चलेको छ ।

हेर्नुहोस राजु र कमलाको कडा दोहोरी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu