ट्विटरमा ना%ङ्गो तस्बिर रोक्ने प्रविधि परीक्षण गरिदैँ

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका लि*ङ्गको तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सियाटलमा विकास भइरहेको छ। एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रे*स्लरलाई एक पुरूषले ना*ङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।

उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लि*ङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्।

उनी भन्छिन्: “जब तपाईँ नचाहेको ना*ङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइ*ज्जत गरिएको महसुस हुन्छ।”

“यो कसैलाई बाटोमा गुप्ता*ङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।”

महिलाको व*स्त्र हटाउने एप बन्द

ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक भएपछि यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई विज्ञानलाई सहयोग गर्न ना*ङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए। सो इमेल धेरै तस्बिरहरू प्राप्त भएको कारण बन्द गर्नु परेको बताइएको छ।

ठूलो सफलता
सुरुवाती परीक्षणमा लि*ङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन। तर ब्रेस्लर भन्छिन्- यो सफ्टवेअर ठूलो सफलता हो र यसले धेरै ना*ङ्गो तस्बिरहरू पत्ता लगाएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu