आज भदौ २२ गते सेप्टेम्बर ८ तारीखको राशिफल, मनकामना माताले सबैको रक्षा गरुन

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार

आज श्री शाके १९४१ बि.स.२०७६ साल भदौ २२ गते आइतबार इश्वी सन २०१९ सेप्टेम्बर ८ तारीख भाद्र शुक्लपक्ष दशमी तिथी मूल नक्षत्र आयुष्मान योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग परिधावीनाम संवत्सर सुर्य दक्षिणायन बर्षा ऋतु निजामती सेवा दिवस , शिक्षा तथा साक्षरता दिवस, विश्व साक्षरता दिवस – ज्यो.प. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मन प्रशन्न रहला । जिवन सार्थीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मानसम्मान प्राप्तीको सम्भावना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य बादबिवादमा फस्न सकिनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu