३२ जना दाताहरुले गरे रक्तदान

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार

तस्बिर : जनकमान डंगोल

२१ भाद्र/हेटौंडाः हेटौडा उपमहानगर पालिका वार्ड नं. ८ कमानेमा स्थापना भएको कमाने  फुटबल एकेडेमीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।

ब्लड बैंकमा रगतको अभाव भएको खबर आएपछि नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको एकेडेमीका संयोजक उमेश थापामगरले जानकारी दिए ।

एकेडेमीका संयोजक उमेश थापामगरको सभाध्यक्षतामा शनिबार हेटौंडा–८ कमानेको निमचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

(स्वदेस नेपाल डटकमको लागी हेटौडाबाट जनकमान डंगोल)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu