दूधको मूल्य आजदेखि लागु

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार

काठमाडौं । सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।

अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu