सुनको मुल्य बढेर आज ७३ हजार ५०० मा कारोबार

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ९४० मा कारोबार भएको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu