के तपाई आफ्नो हातखुट्टालाई सधै सुन्दर र चम्किलो बनाईराख्न चाहनुहुन्छ ? त्यसो हो भने यसो गर्नुस

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार

एजेन्सी । कतिपय युवतीहरूले स्वयंलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महंगो समान खरिद गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरूको अनुहारमा चमक देखिन थाल्छ । तर युवतीहरूले सधैँ आफ्नो अनुहारको सुन्दरता मात्र ध्यान दिने गर्छन् न कि हातखुट्टाको सुन्दरतामा ।

तर अनुहार लगायत हातखुट्टाको पनि स्याहार गर्ने हो भने सुनमा सुगन्ध नै भई दिन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कसरी गर्न सकिन्छ त हातखुट्टाको हेरचाह ।

यदि तपाईँ कागतीको प्रयोग गर्नु हुन्छ भने यसले तपाइको हातलाई कोमल तथा उज्यालो बनाउनका साथै नङ सफा पनि राख्छ । त्यसैले आफ्नो हात सफा राख्नका लागी बढी मात्रामा कागतीको प्रयोग गर्नुहोस् ।

हातखुट्टालाई मनतातो ओलिभ ओयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्नुहोस् र सफा पानीले हातखुट्टा धुनुहोस् ।

यदि तपाइको काम गर्दा हातखुट्टा खस्रो र फोहोर भएको छ भने उक्त स्थानमा कागतीको रस लगाई ब्रसले रगड्नुहोस् । जसले गर्दा खस्रोपना र फोहोर सजिलैसँग जानेछ । र राति सुत्ने बखतमा क्रिमको प्रयोग गर्नुहोस् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu