प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, नेकपाका दुई नेता गौतम र पौडेल आज भेटन सिंगापुर जादै

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

उहाँ शुक्रबार उपचार सकेर फर्किने कार्यक्रम रहेको छ । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जादै हुनुहुन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न र उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन दुवै नेता त्यसतर्फ जान लाग्नु भएको हो ।

आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने दुई नेताको योजना रहेको छ । प्रधानमन्त्री भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu