पैदलयात्रीको मृत्यु

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार

ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu