पुस्तकालय भवन निर्माण

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो ।

  • फोटो : फाइल
    संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । संस्थाले एक हजार ४०० थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भए पनि भवन अभावमा व्यवस्थित हुनसकेको थिएन ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षासहित २१५ विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठकोठे भवन निर्माण भएको थियो । भवनको १२ औँ पुस्तकालय दिवसको अवसर पारेर आइतबार वडाध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गर्नुभयो । अध्यक्ष बुढाले पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu