प्रजातान्त्रिक योद्धा नेपालीको निधन

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

महोत्तरी । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहेका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए ।

२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए । पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहेका नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ ।

१९९९ मा जन्मेका नेपाली २०२७ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनले २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गरेका थिए । उनले २०५२ सालमा कांग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गरेका थिए । सोही वेला उनी चुनाव जितेर मन्त्री बनेका थिए । नेपालीको शनिबार उनकै जन्मभूमि जलेश्वर –५ स्थित चौरियामा अन्त्यष्टि गरिएको छ ।
-सौर्य अनलाइन

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu