संप्रभुता र राष्ट्रियताको सवालमा बीपी कोइरालाको प्रयास नै पहिलो

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

डीराज कोइराला– नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० लाई लुकाएर यो देशलाई प्रजातन्त्र थमाइदिए बापत भारतीय विस्तारवादको छाता ओढाउँन प्रयाशरत रहने भारतीय प्रधानमन्त्री पं जवाहरलाल नेहरूले २७ नोभेम्बर १९५९ का दिन भारतको लोकसभाको बैठकमा भारतीय विदेश नितिका विषयमा बोल्दै चीन-भारत (Sino-Indian) सीमानामा भएको असुविधाका सम्बन्धमा यस्तो घोषणा गरेका थिए।
“ may I just repeat what we have declared that any aggression on Bhutan or Nepal will be considered by us aggression on India.”

नेहरूको यो घोषणा सुन्नासाथ प्रधानमन्त्री बिपि कोइरालाको कन्पारो तातिएर जागेको राष्ट्रवादको सेरोफेरो भित्र रहदै भारतीय विस्तारवादको छाता फ्याक्न सफल नभए पनि पहिलो प्रयाश स्वरुप नेहरूको वक्तव्यको खण्डन यसरी गरेका थिए जुन भनाइले गर्दा बीपी जेल परे तर राजा महेन्द्रले चै एउटा ढुङ्गाले दुईवटा चरा मार्न सफल भए ।

Nepal, is a fully sovereign independent nation. It decides its external and home policy according to its own judgement and its own liking without ever referring to any outside authorities. Our Treaty of Peace and Friendship with India affirms this .

I take Mr. Neharu’s statement as an expression of friendship that in case of aggression against Nepal, India would send help if such help is ever sought. It could never be taken as suggesting that India could take unilateral action.
Is there any apprehension of aggression from any quarter.? The answer is definitely no . we are at peace with everybody and we do not apprehend any danger from any quarter.

I do not know the international status of Bhutan and its relation with India . But Nepal is an independent sovereign nation and there can never be any doubt with regard to this fact . No one need ever have any doubt aboyt our sovereignty and independence. Our membership of U.N. is an instance of sovereignty and independence .
साभार:- (Nepal’s Relations With India and China . By Avatar singh Bhasin.)

वर्तमान प्रधान मन्त्री केपी ओली तथा सत्ताको केन्द्रविन्दूमा रहेका मा पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षका नेता भनिएका शेर बहादुर देउवाहरूले माथिको भनाईहरूबाट शिक्षा लिएर भारतीय विस्तारवादको छाता नओडी देशलाई अघिबढाउँनु पर्नेमा भारतकै सविधानको कपिपेष्ट संविधान र शासकीय स्वरुप पनि भारतकै स्वीकारेका हुनाले यस्ता मानिसहरुबाट देशले के आशा राख्नु ?

बीपीले स्थापना गरेको कांग्रेस हाक्नेहरुले बीपीको फोटो राखेकै भरमा बीपीलाई चिनेको घोषणा गर्छन भने उता नेकपा चै मार्क्स लेलिन र माओका विचार होइन फोटो टाँसेकै भरमा असली कम्युनिष्ट भएको दावा गर्छन ।

फोटो पूजा गरेकै भरमा न कांग्रेसीहरुले बीपीका विचार पालना गरेका छन् भनेर मान्न मिल्छ न यो देशका नक्कली कम्युनिष्टहरूले मार्क्स लेलिन र माओका फोटो टागेकै भरमा मालेमावाद स्वीकार गरेका छन भनेर भन्न सकिन्छ, त्यसैले यी दुवै पार्टीका नीति सिध्दान्त भनेको देशलाई ध्वस्त पार्नकालागि “काले काले मिलेर खाउँ भाले” बाहेक अरू के पो होला र ?

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu