चाडपर्वको बेलामा हिन्दु धर्म बिरुद्ध किन प्रहार ?

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार

-जनकमान डंगोल

तस्बिर साभार: फेसबुकबाट

ऋषि धमला देसको चर्चित पत्रकारमा पर्दछन । बिशेषगरि टेलिभिजनमा ‘जनता जान्न चहान्छन’ नामको कार्यक्रम प्रस्तुत गर्ने धमलाको कार्यक्रम प्रस्तुत गर्ने आफ्नै शैली छ । धमला मन पराउनेहरु पनि टन्न छन भने धमलाको प्रस्तुतिमा नकारात्मक टिप्पणी गर्नेहरु पनि थुप्रै छन । तिजको अबसरमा धमला पत्नी एलिजाले धमलाको खुट्टा धोएको फोटो यतिखेर सामाजिक संजालमा भाईरल बनेर छाएको छ ।

नेपालमा केहि यस्ता पत्रकारहरु पनि छन जो आफुलाई आस्तिक नभएर नास्तिक भन्न मन पराउछन । पत्रकारको ब्यक्तिगत जीवनमा आस्तिक देखि नास्तिक बन्नुमा आफ्नै स्थान होला तर पत्रकार जस्तो स्वतन्त्र पेशामा लागेका ब्यक्तिहरुले खुल्लमखुल्ला कुनै पनि धर्मको बिरुद्धमा कलम चलाउनु गलत हो ।
नेपाल संसारको एकमात्र स्वतन्त्र हिन्दु रास्ट्र हो । त्यति मात्र नभयेर मन्दिरै मन्दिरको देश भनेर संसारले चिनेको छ । आफ्नो देशको कला, संस्कृति र धर्मको पहिचान गर्नु सबैको कर्तब्य हो तर करोडौ करोड सनातनी हिन्दु ओमकार बस्ने देसमा जन्मिएको नागरिकले आफ्नै कला, संस्कृति र धर्मको बिरुद्दमा नकारात्मक सन्देस फैलिने गरि लेख्नु देखि टिप्पणी गर्नु गलत काम हो ।

नेपालमा २०४६ सालको परिवर्तन पछी हिन्दु धर्म माथि निरन्तर प्रहार हुन थालेको छ । बिदेसीको दानापानी चाखेका केहि ब्यक्तिहरुबाट आफ्नै धर्म र संस्कृति माथि प्रहार हुनु राम्रो हैन तर बिदेसिको नुन पानि खाएर आफै बिरुद्द जानेहरुको गलत कामले गर्दा आज देशको अस्मिता संकटमा परेको देखि पार्नु राम्रो काम हैन ।

नेपालमा २०४६ साल पछी कम्युनिस्टहरु पटक पटक सत्तामा पुगी सकेका छन । अहिले पनि नेपालमा दुई तिहाईको कम्युनिस्ट सरकारले देशको सत्ता सम्हाल्ने मौका पाएको छ । कम्युनिस्टहरु आस्तिक हैन नास्तिकबादमा बिस्वास गर्छन टर फरक के छ भने नेपालको कम्युनिस्ट पार्टीमा लाग्नेहरु निधारमा चन्दन देखि रातो टिका र गलामा रुद्राक्षको माला पहिरिने देखि धार्मिक कार्यमा गेरु वस्त्र धारण गरेको तस्बिरहरु देख्न पाईन्छ । त्यसो हुनु भनेको दोहोरो चरित्र प्रदर्शन गर्नु हो ।

हिन्दु धर्म आफ्नै पहिचान बोकेको धर्म हो । हिन्दु धर्मको आफ्नै नियम र संस्कार छ । नारीलाई ईज्जत र सम्मान हिन्दु धर्मले जति अरु धर्मले दिएको छैन तर हिन्दुको कोखमा जन्म लिएर हिन्दु धर्म र संस्कृति बिरुद्ध जाने अधिकार कसैलाई पनि छैन । चाडपर्वमा श्रीमतीको खुट्टा ढोगे भनेर घिरम्ले नाक बनाउनेहरुले यस्ता बिषयमा गहिरियर सोच्नु पर्ने बेला आएको छ ।

धमला पत्नी आधुनिकतामा हुर्किएका नेपाली चेली हुन । आफ्नो संस्कार पालना गर्दा त्यस बिषयमा नकारात्मक टिप्पणी गर्नेहरुले आफ्नो धर्म र संस्कृति माथि कत्तिको ज्ञान राखेका रैछन भन्ने प्रस्ट हुन आउछ ।

तस्बिर: गुगल सर्च

नेपालमा केहि समय देखि देसी बिदेसी कुतत्वहरुले नेपालको पहिचान नामेट पार्न कम्बर कसेर लागेका छन । नेपालमा प्रजातन्त्र देखि गणतन्त्र हामीले ल्याएको हौ भनेर सुगा रटान रटन छाडेका छैनन तर १६ भाद्र २०७६ को दिन नेपालको चर्चित अनलाईन पत्रका अन्नपूर्ण पोस्टमा भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। हालै प्रकाशित पुस्तकमा ‘इनसाइड नेपाल’ मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन ‘रअ’ ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन भन्ने समाचार प्रमुखताको साथ प्रकाशित भयो ।

अन्नपूर्ण पोस्टमा प्रकाशित भएको समाचारलाई गहिरियर अध्यन गर्ने हो भने नेपाललाई नामेट पार्न देसी बिदेसी तत्वहरु कसरि प्रस्तुत भएका रैछन भन्ने कुरा ऐना जस्तै छर्लंग भएको छ ।

नेपाल भन्ने देस शाह बंसिय राजाहरुले चिनाएका हुन । हिन्दु धर्मको संरक्षक राजतन्त्र नामेट नपारे सम्म नेपालमा गणतन्त्र स्थापना गर्न सकिदैन र गणतन्त्र स्थापना नभए सम्म नेपाललाई पुर्णरुपमा आफ्नो कब्जामा राख्न सकिदैन भन्ने अभिप्रायले भारतीय जासुसी संस्था ‘रअ’ ले २०४६ सालमा संबैधानीक राजतन्त्र सहितको प्रजातन्त्र स्थापना गर्न भनेर नेपालको प्रतिबन्धित दलहरुलाई उचालेका हुन र प्रजातन्त्र स्थापना पश्चात तिनै दलहरुको सहयोगमा नेपालमा राजतन्त्रको अन्त्य गराएर गणतन्त्र स्थापना गराएका हुन भनेर भन्न कर लाग्छ ।

नेपालमा अहिले राजतन्त्र छैन । राजतन्त्रको अन्त्य पश्चात संसारका धेरै पुर्व राजाहरुले निर्वासनको बाटो रोजेको देख्न पाइन्छ तर नेपालको अन्तिम राजा ज्ञानेन्द्र अहिले पनि शिर उच्च पारेर आफ्नै मातृभूमिमा बसेका छन । अहिले पनि देश धर्म कला र संस्कृत बुझेका करोडौ नेपाली जनताहरुले नेपालमा राजा हामीले हैन बिदेसीहरुले फालेका हुन भनेर राजा आउ देस बचाउ भन्ने नारा लाउन छाडेका छैनन तर राज्यको चौथो अंग भन्ने दर्जा पाएका अधिकांस कलमजीवीहरुले नै स्वतन्त्ररुपमा कलम चलाउन छाडेर पार्टी पार्टीका नाउँमा आफ्नो पार्टीको भजन गाउछन भने भोलि देश सिक्किम भयो भने दुख: मनाउलान र ?

प्रकाशित मिति: २०७६/०५/१८

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu