सुशीला दिदीको चिट्ठी प्याराप्यारा भाइबैनीहरुलाई

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार

-सुशीला प्रधानाङ्ग

मेरा प्यारा भाइबहिनीहरु !
आशिर्वाद अनि धेरै माया

मैले अस्ति अस्तिको हप्ता लेखेका पत्रहरु तिमीहरुलाई अवश्य पनि मन पर्यो  होला हगि ?
खै त तिमीहरुले मलाई फोन गरेको ? तिमीहरुको इच्छानुसार पत्र लेख्न पाएको भए मैले अझै राम्रो लेख्ने थिएँ  कि । यस पटकको पत्रमा के के लेखुँ ? के लेखुँ ? भईरहेको छ । के सुन्ने ? कथा सुनाऔं ? लौ सुन है त ।

एउटा गाँउमा मनोज कुमारले नयाँ घर बनायो । त्यो घर गाँउमा बस्ने गाँउलेहरुको भन्दा राम्रो र चिटिक्क परेको थियो । घरको आंगनमा रंगिविरंगी फूलहरुले झपक्क सजाइएको थियो ।

बिहानै आँगनमा फुलेका फुलहरुको सुवासले वरपरको वातावरणलाई नै रमाइलो बनाइरहेको थियो । फुलिरहेको फू लहरुमाथि पूतलीहरु फुर्रफुर्र उड्दै नाचिरहेको दृष्यले सबैको मन हर्ने गथ्र्यो । त्यो बाटो आउने जानेहरु एकछिन उनको घरको अगाडि रुक्थे र फुलीरहेका पूmलहरुलाई देखेर दंग पर्थे र भन्थे –यस्तो पो बँगैचा । यो घरको मानिसले पूmलहरुको लागि असाध्यै मेहनत गरेको हुनुपर्छ । आहा ! कति राम्रा पूmलहरु मनै लोभ्याउने ।

मनोजले आफैले फूलहरु फुल्ने बोटहरुको स्याहार सुसार गर्थे । उसले ती फुलहरुलाई मायाले सुम्सुम्याउँथ्यो र भन्थ्यो – मेरा प्यारा फूलहरु ! तिमीहरु यसरी नै फूल लिराख्नु है । “फूलहरुले पनि कुरा बुझे जस्तै गरेर यताउता झुलेर देखाउँथे । यसरी नै दिनहरु वितीरहे । फुलहरुलाई देखेर मनोज दंग पर्थे मनोजलाई देखेर पूmलहरु मख्ख पर्थे ।
एकदिन त्यो आँगनमा एकजना दुष्ट मानिसको आँखा गयो ।तिमीहरुलाई थाहा छ भाईबहिनीहरु ! दुष्ट मानिस भनेको अरुहरुको विगार काम गर्नेलाई भन्ने गरिन्छ ।

त्यहाँ फुलिरहेको फूलहरुलाई देखेर उसले सोच्यो – यो बँगैचामा फुलिरहेको फूलहरु देखेर मलाई त असाध्यै डाहा लाग्यो । यसरी पूmलहरु पूmलिरहेको मलाई पटक्कै मन परेकोछैन । यसरी फूलहरु फुल्नु हुँदैनथ्यो । अब मैले यो बँगैचालाई बिगारेर छाडछु । यसरी उसले मनमनै के के सोच्यो । सोच्यो ।

उता पूmलहरु सबैले उसको मनसाय बुझिसकेकाथिए । उनीहरु सबै डराउन थाले । चमेलीको पूmलहरुले डराउँदै डराउँदै एक आपसमा कुरा गर्न थाले –“अब हामी पक्कै मर्ने भयौं । हामीलाई अब कस्ले बचाउँछ होला ।”
गुलाफका पूmलहरु पनि सुकसुकाउँदै कुरा गर्न थाले –“हेर, अब हाम्रो फुल्ने दिन गयो । हामीलाई कस्ले बचाउँछ होला ।”
लालुपाते पूmलले हल्लिदैं भन्यो – हेर ! तिमीहरु नआत्तिउ । हामीले कसैको नराम्रो गरेका छैनौ । हामीले मानिसहरुको राम्रो नै गरेका छौं । साँझ हाम्रो मालिक आएपछि यसबारे कुरा गर्नुपर्छ ।”

त्यसपछी सबै पूmलहरु चुपचाप लागेर मालिकको प्रतिक्षा गरेर बस्नथाले । साँझ मनोजले जसै घरमा पस्न गेटको चुकुल खोल्यो सबै पूmलहरुले हल्लाखल्ला गर्न थाले ।”
त्यो देखेर मनोजलाई अचम्म लाग्यो । आज मेरो पूmलहरु किन हल्लाखल्ला गर्दैछ । सधैं म आउने वेलामा मलाई हाँसेर स्वागत गर्थे आज के भयो ? ढोकामा सजाएर राखेको गमलामा पूmपलरहेका सयपत्री पूmलले विस्तारै भन्यो –“मालिक ! हामीलाई बचाउ ।” यसरी उसले सबै कुरा भन्यो । यो सुनेर उसलाई असाध्यै दुःख लाग्यो । उसले सोच्यो अब मैले के गर्नुपर्ला ? कोसंग सहयोग माग्ने हो ?

पूmलहरु पनि एक आपसमा सल्लाह गर्दैरहे । शायद रातको दुई बजेको होला । बगैंचामा केही खसे जस्तै भयो त्यसपछि अर्कै नमिठो गन्ध आए जस्तै भयो फूलहरु सबै हलचल नगरिकन बसिरहे । एकछिन पछि गन्ध पनि हरायो । केहीवेर पछि एउटा मसिनो स्वर आयो –“तिमीहरु सबै सुरक्षित छौं ।”

बिहान त्यहि दृष्ट मान्छे गेटको अगाडी ओहोर दोहोर गरिरहेको थियो । त्यो देखेर सबै पूmलहरु हाँस्न थाले ।
नजिकै लाटो कोसेरो बसेर मजोनलाई भनिरहेको थियो –“म पनि तपाईकै घरमा बस्ने गर्छु । यिनीहरुलाई बचाउने मेरो पनि जिम्मेवारी हो त्यसैले राती राती मैले नै बगैंचाको रखवाली गर्थे । राती त्यो दुष्ट मान्छेले पूmलहरु मर्ने गन्धको पोका फालेको थियो । मैले टिपेर उसकै वारिमा फालेर आए ।

त्यो सुनेर सबैले भने –“तँपाईलाई धेरै धेरै धन्यवाद छ ।”
क्था सिद्घियो । कथा कस्तो लाग्यो ? लौ त अर्को हप्ता फेरि पत्र मार्फत  भेटौंला , पत्र मनपर्यो  भने लाइक गर्नु, कमेन्ट गर्नु अनि शेयर पनि गर्नु ल । आजलाई बिदा है !
तिमीहरुकै दिदी-

सुशीला प्रधानाङ्ग
मो.नं. ९८४१८०५८४३
बालकोट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu