आइतबार सार्वजनिक बिदा

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। भदौ १५ गते आइतबार थारू समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो।

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu